उपाधि विजेता पुरस्कृत

boys-unionकाठमाडौं : अखिल नेपाल फुटबल संघले रेडबुल बी डिभिजन लिग फुटबल प्रतियोगिताका विजेतालाई शनिबार पुरस्कार प्रदान गरेको छ । एन्फाले बी डिभिजनमा उपाधि जित्दै ए डिभिजनमा उक्लेको ब्वाइज युनियन क्लबलाई ४ लाख रुपियाँ र टुसालले २ लाख रुपियाँ प्रदान गर्‍यो । तेस्रो हुने सामाजिक युवा क्लबले एक लाख तथा चौथो हुने वीरगन्ज युथ एकडेमीले ५० हजार रुपियाँ पुरस्कार पाए ।
बी डिभिजनमा टुसालका धिरज श्रेष्ठ उत्कृष्ट फरवार्ड र रमन रसाइली उत्कृष्ट गोलरक्षक घोषित भए । ब्वाइज युनियनका किरण राई उत्कृष्ट मिडफिल्डर र वीरगन्जका बाबु प्रसाद उत्कृष्ट रक्षक घोषित भए । ब्वाइज युनियनका प्रेम घिमिरे उत्कृष्ट गोलरक्षक घोषित भए । घिमिरेको प्रशिक्षकका रूपमा यो दोस्रो ठूलो सफलता हो । गत बर्ष उनकै प्रशिक्षणमा मित्र मिलन क्लब राष्ट्रिय लिगका लागि छनोट भएको थियो ।

प्रतिक्रिया