राष्ट्रपति र चार दलका नेताको पुत्ला जलाइयो

mohan-baidhya-ji-1काठमाडौं, ३ चैत । प्रधानन्यायाधीश नेतृत्वको अन्तरीम चुनावी सरकार गठनको विरोध गर्दै आएको नेकपा माओवादीले राष्ट्रपति र चार दलका शिर्ष नेताको पुत्ला जलाएको छ ।
शुक्रबार २५ बुँदे बाधा अड्काउ फुकाउ आदेश र ११ बुँदे सहमती जलाएको माओवादीले आज रत्नपार्कस्थित शान्तिबाटिकामा पुत्ला जलाएको हो । पुत्ला दहन कार्यक्रममा अन्य विभिन्न राजनीतिक दलहरुको समेत सहभागिता रहेको थियो । पुत्ला जलाउने क्रममा प्रहरीसंग सामान्य झडप भएको थियो । प्रहरीले आन्दोलनकारीहरुबाट पुत्ला खोस्ने क्रममा झडप भएको थियो ।
नयाँ चुनावी सरकार गठनको विरोध जनाउँदै आएको माओवादी चरणबद्ध आन्दोलनका कार्यक्रम गर्दै आएको छ । माओवादीले चार दलका शिर्ष नेताहरुले विदेशी प्रभावमा प्रधान्यायाधीशको नेतृत्वमा सरकार गठन गरेर बाह्य हस्तक्षेप भित्राएको आरोप लगाएको छ । तर चार दलका शिर्ष नेताहरुले भने लामो राजनीतिक संक्रमणको निकासका लागि प्रधानन्यायाधीशको नेतृत्व स्वीकार्नुपर्ने बाध्यता भएको स्पष्ट पार्दैआएका छन् ।

प्रतिक्रिया