‘ग्रान्ड सेल’ मा ७० प्रतिशतसम्म छुट

Grand-melaकाठमाडौं, २ चैत । राजधानीको सभागृहमा सञ्चालित बाटा, म्याडम फिटराइट र सिग्नेचर ब्रान्डका जुत्ता तथा चप्पलको प्रदर्शनी ‘ग्रान्ड सेल’ मेलामा उपभोक्तालाई १५ देखि ७० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । गर्मीयामलाई लक्षित गरी ती कम्पनीहरूले विभिन्न डिजाइनका जुत्ता तथा चप्पलको बिक्री वितरण गरिरहेको छ । मेला २५ फागुनबाट सुरु भई ४ चैतसम्म सञ्चालन हुने मेला संयोजक विष्णु पौडेलले जानकारी दिए ।

नयाँ/नयाँ मोडलका साथै स्टक रहेका जुत्ता/चप्पलको समेत मेलामा उपलब्ध रहेको उनले बताए । आफ्नो ब्रान्डको प्रवद्र्धन गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको पौडेलले बताए । मेलामा उपभोक्ताको आकर्षण बढेको र प्रतिक्रियाले उत्साह थपेको उनले बताए । ‘यसअघि पनि विभिन्न मेला सम्पन्न भए ।’ उनले भने, ‘उपभोक्ताको चाहना अनुरूप नै यस मेलाको आयोजना गरिएको हो ।’ धेरै किसिमका मेला भए पनि त्यसमा उपभोक्तालाई स्तरीय उत्पादन र छुट दिन नसेको उनको भनाइ छ । ग्रान्ड मेलामा गुणस्तरीय तथा आकर्षक जुत्ता चप्पल वारेन्टी सुविधासहित ७० प्रतिशतसम्मको छुटमा उपलब्ध गराएका छौँ, उनले भने । सेलमा महिला तथा पुरुषलाई हुने स्पोर्टस्, फर्मल, क्याजुअललगायत विभिन्न डिजाइन तथा मोडलका गरी छुट्टाछुट्टै स्टल रहेको छ ।
ग्रान्ड सेल मेला यो तेस्रो हो । मेलामा दैनिक ३ हजार देखि ४ हजार जोर जुत्ता चप्पल बिक्री भएको पौडेलले बताए । मेला अवधिभरसम्म ५० देखि ६० हजार जोर बिक्री गर्ने लक्ष्य रहेको उनले बताए । फिटराइट नेपाली बजारमा परिचत ब्रान्डको रूपमा स्थापित भएको छ । यस्तै, बाटा तथा सिग्नेचर विश्व बजारमा स्थापित भएको ब्रान्ड हो ।

प्रतिक्रिया