मेलमिलाप आयोग अध्यादेश प्रमाणीकरण

Rastapati-Bhawan-n-Officeकाठमाडौं, १ चैत । राष्ट्रपति डा.रामवरण यादवले बेपत्ता भएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग अध्यादेश प्रमाणी गरेका छन् ।
राष्ट्रपतिको कार्यालयले आज विज्ञप्ति जारी गरेर आयोगलाई डा.यादवले प्रमाणीकरण गरेको जनाएको हो । यस अघिको प्रधानमन्त्री बाबुराम भट्टराईले पेश गरेको आयोग गठन सम्बन्धी अध्यादेश राष्ट्रपतिले रोकेर राखेका थिए ।
प्रमुख चार राजनीतिक शक्तिहरुको सहयोगमा तयार भएको आयोगको अध्यादेशलाई राष्ट्रपति डा.यादवले अध्ययन पछि प्रमाणीकरण गरेका हुन् ।

प्रतिक्रिया