जीवनसाथीको खोजीमा मोली

Taruniलन्डन : हलिउडमा एक्लो जिन्दगी बिताउने गायिका मध्येमा पर्छिन् मोली किंग । चर्चित तथा सुन्दरी गायिका मोली लामो समयदेखि एक्लै रहँदै आएकी पनि छन् । अचेल एक्लो जिन्दगी बिताउन सायद गाह्रो महसुस भएर होला उनी अचेल आफ्नालागि एक पुरुष जीवन साथीको खोजीमा छिन् । केही समय पछि न्युयोर्क यात्राको प्रारम्भ गर्ने तयारीमा रहेकी मोलीेको यो यात्रामा पुरुष जीवनसाथी छान्ने योजना पनि छ । र, यात्रा अवधिमा आफ्नो लाएक पुरुष साथी पाउने उनले विश्वास पनि व्यक्त गरिन् ।
मोलीले भनिन्, ‘मैले एक्लै बिताएका धेरै क्षण दु:खपूर्ण रह्यो, त्यसैले अबका दिनमा म त्यस्तो क्षणको कल्पना पनि गर्न चाहन्नँ । म आफ्नो जीवनका लागि एक पुरुष साथीको खोजीमा छु । यो यात्रको क्रममा उक्त साथी भेटिन्छ भन्ने मलाई विश्वास छ । मलाई त्यस दिनको पर्खाइ पनि छ जुन दिन एक केटाले मलाई अधिकार जमाउँछ’ ।
२६ वर्षीया यी गायिकाले यस अगाडि ब्रिटिस साथी पाए भने अमेरिकी साथीलाई छोडिदिन्छु । अमेरिकीभन्दा ब्रिटिस नै खुल्ला हृदयका हुन्छन् भन्ने उनलाई लागेको छ । मोडेल डेबिट गाडीसँग गतवर्ष फेबु्रअरीमा छुट्टिएकी मोली सो समयदेखि आजसम्म पनि एक्लै रहँदै आएकी छन् । (एजेन्सी)

प्रतिक्रिया