आगलागीमा सात लाख बराबरको क्षति

हेटौंडा : छतिवनमा बुधबार अपराह्न भएको आगलागीबाट स्थानीय एक बालक घाइते भएका छन् भने पाँच पशुचौपाया जलेका छन् । छतिवन–६ स्थित हिमकुमारी मुक्तानको गोठमा लागेको आगोले करिब ७ लाख रुपियाँ बराबरको पशुचौपाया तथा सामग्री नष्ट भएको प्रहरीले जनाएको छ । गोठमा पालिएको राँगा, भैँसी र पाडा जलेर मरेका बताइएको छ ।

प्रतिक्रिया