हत्यामा संलग्न तीन जना थुनामा

Hatya 2उदयपुर, ३० फागुन । ज्यान मारेको अभियोगमा पक्राउ परेका चार जना मध्ये तीन अभियुक्तलाई जिल्ला अदालत उदयपुरले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
अदालतले जिल्लाको छुट्टाछुट्टै दुई स्थानमा भएका हत्याका घटनामा संलग्न रहेका तीन जनालाई थुनामा राख्न आदेश दिएको हो । उदयपुरको त्रियुगा नगरपालिका १२ तोरीबारीका विदुर थापाको हत्यामा संलग्न लेखगाँउ ४ का रमेश श्रेष्ठ र विन्दा तामाङ लाई थुनामा राख्न अदालतले आदेश दिएको छ भने विन्दाका श्रीमान धनबहादुरलाई २७ हजार धरौटीमा छोड्ने आदेश दिएको छ ।

बिन्दाले रमेश श्रेष्ठको सहयोगमा थापाको हत्या गरेको बयान दिएकि थिईन् । हत्या गरिएका थापासंग प्रेम सम्बन्ध रहेको र आर्थिक लेनदनमा कुरा नमिलेपछि हत्या गरेको विन्दाले बयानका क्रममा स्वीकार गरेको प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठले जानकारी दिए ।
यस्तै भलायडाँडा ९ की ४६ वर्षीया हिरामाया खिलिङ्गेसार्कीको हत्यामा संलग्न देवबहादुर अधिकारीलाई पनि पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । सार्कीको हत्यामा संलग्न अधिकारीले आफुले हत्या गरेको स्वीकारेको प्रहरी उपरिक्षक श्रेष्ठले जानकारी दिए । उपरिक्षक श्रेष्ठका अनुसार सार्की  र अधिकारीबीच दुईवर्ष देखि शारीरिक सम्पर्क हुँदै आएको र सार्कीले विहे  गर्न दवाब दिएपछि अधिकारीले हत्या गरेका थिए ।

प्रतिक्रिया