ना ४ ख ५३४ नम्बरको बस भित्र…..

Balatkar 4बाँके, २९ फागुन । नेपालगञ्ज बसपार्कमा एक २५ वर्षीया युवतीको सामूहिक बलात्कार भएको छ ।
फागुन–२४ गते राती बसपार्कमा धनगढी घर भएकी साधना कार्की (नाम परिवर्तन)लाई दुई युवकले बलात्कार गरेका हुन् । उनीहरुले ना ४ ख ५३४ नम्बरको बसभित्र लगेर कार्कीलाई ज्यान लिने धम्की दिएर सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा सुर्खेत मालारानी–९ का २२ वर्षीय रुपलाल डिसी र बाँके खासकुसुमका १८ वर्षीय तिलक आचार्य छन् ।
नेपाल बन्दका क्रममा घर जान यातायातको साधन खोज्दै बसपार्क पुगेकी कार्कीलाई दुई युवाले रोकिराखेको बसभित्र लगेर बलात्कार गरेका हुन् ।

प्रतिक्रिया