‘सहमतिका लागि प्रयास भईरहेको छ’

Puspakamal-dahal-sirahaकाठमाडौं, २८ फागुन । एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले मुलुकमा जारी राजनीतिक गतिरोधले छिट्टै निकास पाउने दोहराएका छन् ।
राजधानीमा आज आयोजित कार्यक्रममा अध्यक्ष दाहालले भने, ‘दलहरुका बीच छिट्टै निकास आउँछ ।’ उनले मुलुकलाई चुनाव मार्फत सही बाटोमा ल्याउने प्रयास गरिरहेको उल्लेख गरे ।
‘नयाँ निर्वाचनले मात्रै मुलुकलाई सही बाटोमा लैजान्छ,’ उनले भने ।
उनले चुनावमार्फत राजनीतिलाई सही बाटोमा हिडाउन दलका नेताहरुले प्रयास गरिरहेको बताए ।

प्रतिक्रिया