दाङमा ९३ हजार निरक्षर

तुलसीपुर : सरकारले आगामी तीन वर्षभित्र सबैलाई साक्षर बनाउने उद्घोष गरे पनि दाङमा भने ९२ हजार ८ सय ६२ जना निरक्षर रहेको पाइएको छ ।
जिल्ला शिक्षा कार्यालयका उपसचिव ऋषिराम ढकालका अनुसार ६६ हजार ६ सय ७५ महिला र ३० हजार १ सय ८४ पुरुष निरक्षर छन् । शिक्षा कार्यालयले विद्यार्थीको सहयोगमा पहिलोपटक संकलन गरेको निरक्षरको तथ्यांकअनुसार सबैभन्दा बढी निरक्षर दुई नगरपालिका र टरिगाउँ, गोल्टाकुरी गाविस र शिक्षाको पहँुचबाट सबैभन्दा टाढा मानिएको कोइलावास गाविसमा भने सबैभन्दा कम निरक्षर छन् ।
निरक्षरको तथ्यांक संकलन गरेर केही क्षेत्रमा साक्षरता कक्षा सञ्चालन गरिसकेको छ भने केही स्थानमा संकलनको तयारी भइरहेको जिशिकाले जनाएको छ । जिल्लाको जनसंख्या ५ लाख ८५ हजार छ ।

प्रतिक्रिया