सिंगटी सबस्टेसनमा अनियमितता

सिंगटी,२५ फागुन । दोलखाको उत्तरी क्षेत्रका १६ गाविसमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुर्‍याउने लक्ष्यअन्तर्गत विद्युत्ले सिंगटीमा बनाउन थालेको ३३ केभी सबस्टेसन निर्माण थालेको आठ वर्षसम्ममा पनि पूरा हुन सकेको छैन । यस्तो अवस्थामा समेत निमार्ण पूरा नै नभएको सबस्टेसनको धरौटीबाहेकका सबै रकम पाँच वर्षअघि नै भुक्तानी भइसकेको छ ।

अनियमितता भएको आशंका हुँदासमेत कसैले ध्यान नदिएकोमा स्थानीयले आक्रोश व्यक्त गरेका छन् । तत्कालीन विद्युत् दोलखा शाखाका उच्च अधिकारीलगायतको अन्य पदाधिकारीको मिलेमतोमा अनियममिता भएको आशंका गरिएको छ । सिंगटीमा सबस्टेसनको छानबिन गरी दोषी उपर कडाकारबाही एवं छिटो सञ्चालनमा ल्याउनसमेत सम्बन्धित निकाय मौन रहेको छ । चरिकोट शाखाप्रमुख गोपालचन्द्र खतिवडाले आफ्नो पालामा केही नभएकोले अहिले केही गर्न नमिल्ने भन्दै त्यसको बारेमा केन्द्रमा जानकारी गरिसकेको बताए । सिंगटी कम्पनीसँग ठेक्का रोक्ने प्रक्रिया अगाडि बढेको र धरौटी जफत गरी कालो सूचीमा राख्ने सिफारिस गर्ने प्रक्रिया अगाडि बढेको बताए । छानबिनमा कर्मचारी दोषी देखिएमा कर्मचारीसमेतलाई कारबाही गर्ने जानकारी उनले दिए । तर, यस विषयमा ठकेदार कम्पनीले कुनै प्रतिक्रिया दिन चाहेन ।
दुई वर्षमा निर्माण सम्पन्न गरी विद्युुत्लाई हस्तान्तरण गर्नुपर्नेमा अलपत्र अवस्थामा छोडेपछि सबस्टेसनको भवन, मेसिन, तारबार तथा अन्य पूर्वाधार जीर्ण बन्दै गएको हो । आठ वर्षअघि दुई करोड ५३ लाख रुपियाँमा निर्माण थालिएको सबस्टेसन दुई वर्षमा निर्माण सम्पन्न गरी विद्युुत्लाई हस्तान्तरण गर्नुपर्ने सम्झौता थियो । विदेशी कम्पनी चाइना वाटर एन्ड इलेक्ट्रिक र नेपाली एक कम्पनीले टेन्डरमार्फत आठ वर्षअघि निर्माण जिम्मा लिएको सबस्टेसनको काम बिचैमा छोडे पछि निर्माण पूरा हुन नपाउँदै सबस्टेसन भत्कन थालेको छ । आठ वर्षअघि दुई करोड ५३ लाख रुपियाँमा निर्माण थालिएको सबस्टेसन दुई वर्षमा निर्माण सम्पन्न गरी विद्युुतलाई हस्तान्तरण गर्नु पर्नेमा ती दुई कम्पनीले संयुक्तरूपमा अलपत्र अवस्थामा छोडेपछि सबस्टेसनको भवन, मेसिन, तारबार तथा अन्य पूर्वाधारहरू जीर्ण बन्दै गएको हो ।
‘कम्पनीसँग ठेक्का तोडाउने प्रक्रिया अगाडि बढेको र थोरै खर्चमा सबस्टेसन चार्ज गर्न सकिने अवस्था रहेको’ चरिकोट शाखाप्रमुख खतिवडा बताउँछन । निर्माण कम्पनीले रामेछापका दीपक थापालाई सबस्टेसन हेर्न राखे पनि तीन वर्षदेखि कुनै पारिश्रमिक नपाएपछि सबस्टेसनलाई स्थानीय मदिरा उत्पादन र बाख्राको खोर बनाएका छन् । पटकपटक ठेकेदार तथा दोलखालाई सामान बुझ्न अनुरोध गर्दा समेत वेवास्ता गर्दै पारिश्रमिक नदिएपछि सबस्टेसनमा मदिरा उत्पादन र बाख्रा पालेर गुजारा गर्नु परेको थापाले वताए ।
माथिल्लो तामाकोसी आयोजनालाई विद्युत् दोलखा शाखाले सबस्टेसनको सुचारु नभएको भन्दै आपतकालीन रूपमै ३३ केभी लाइनबाटै सञ्चालन गदै आएको छ । सिप्रिङखोला जलविद्युत् आयोजनाबाट उत्पाधित विद्युत् सिंगटी सबस्टेसनमा ल्याएर जोडेमा मागभन्दा बढी विद्युत् उत्पादन हुने निश्चित रहेको छ । प्रसारण लाइनको अभावले केही महिना अगाडिबाट उत्पादन सुरु भएको सिप्रिङखोला जलविद्युत् आयोजनाको विद्युत् पूरै उपयोग गर्न नपाएर खेर गएको आयोजना जनसम्पर्क अधिकृत मंगलसिंह लामाले बताए ।

प्रतिक्रिया