रेग्मी विरुद्धको रिटको सुनुवाई चैत–१ गते

sarbochhaकाठमाडौं, २४ फागुन । सर्वोच्च अदालतले प्रधानन्यायाधीश खिलराज रेग्मीलाई प्रधानमन्त्री बनाउने प्रक्रिया विरुद्ध परेको रिटको सुनुवाई चैत पहिला साता सम्मका लागि सारेको छ ।
न्यायाधीश कल्याण श्रेष्ठ, गिरिशचन्द्र लाल र सुशीला कार्कीको आज बसेको संयुक्त ईजलासले सो रिट चैत–१ गते सम्मका लागि सार्ने निर्णय गरेको हो । सोही प्रकृतिको अर्को रिट पनि रहेकाले सँगै सुनुवाई गर्ने भन्दै चैत एक गते सम्म सुनुवाई सारिएको सर्वोच्चले जनाएको छ ।
अधिवक्ता भरत जंगमले प्रधानन्यायाधीश रेग्मीलाई प्रधानमन्त्री बनाउने प्रक्रिया रोक्न आदेशको माग गरेर रिट दायर गरेका थिए ।

प्रतिक्रिया