सतिज, गणेश, रुकेश र प्रफुल्ल सेमिफाइनलमा

काठमाडौं : सिर्जनशील युनिक क्लबका सतिज थापा र गणेश ढुंगेल ‘तेस्रो ललितपुर जिल्लाव्यापी खुला ब्याडमिन्टन प्रतियोगिता–२०६९’ को यु–१५ स्पर्धाको सेमिफाइनलमा प्रवेश गरेका छन् । यङ्गुबहालका रुकेश महर्जन र दथुलंका प्रफुल्ल महर्जन पनि सोही समूहबाट सेमिफाइलनमा प्रवेश गरे ।
बुधबार सम्पन्न खेलमा सजितले भिन्छेबहालका सुजित वज्राचार्यमाथि १८–२१, २१–१९ र २२–२० को जित हात पारे । सेमिफाइनलमा उनले भिडन्त रुकेशसँग हुने छ । रुकेशले योङ्गस्टर्सका सुमन शाक्यलाई २१–१७, २१–१६ ले पराजित गरेका हुन् । यसैगरी गणेशले यङ्गुबहालका प्रविन लिम्बूलाई २१–१४ र २१–९ ले सहजै हराए । उनको भिडन्त प्रफुल्लसँग हुनेछ । प्रफुल्ल यङ्गुबहालका सशिष वज्राचार्यलाई २१–१२ र २१–६ ले पराजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरे ।
पुरुष एकलको खेलमा प्रयाग पोखरीका सुनील बाराहीले सेमिफाइनलको यात्रा तय गरेका छन् । उनले लगनखेलका राजु वज्राचार्यमाथि २१–१५, १२–२१ र २१–१५ को संघर्षपूर्ण जित हात पारे । यसैगरी सेमिफाइनल प्रवेश गर्ने अन्यमा रिमिक्सका सुरोज महर्जन र आयोजक सिर्जनका राजु देउजा रहेका छन् । सुरोजले लगनखेलका आकाश छन्त्यालबाट वाकओभर पाए भने राजुले योङ्गस्टर्सका ससिन डंगोललाई २१–९, २१–१९ ले सहजै पराजित गरे । (सौस)

प्रतिक्रिया