नेकपा–माओवादीको कार्यालयमा तोडफोड

maobadiरुकुम, २३ फागुन । रुकुम जिल्लामा यातायात व्यवसायीले आज नेकपा–माओवादीको कार्यालय तोडफोड गरेर क्षतिपुराई दिएका छन् ।
बन्दकर्ताले सदरमुकाम खलंगामा लु १ त १८१८ नम्बरको जीप तोडफोड गरिदिए पछि आक्रोशित यातायत व्यावसायीले पनि नेकपा–माओवादीको कार्यालयमा आक्रमण गरेका हुन् । व्यवसायीले नेकपा–माओवादीको कार्यालयमा रहेको साइनबोर्ड र झण्डा निकालेर फालिदिएका छन् ।
जीप र कार्यालयमा तोडफोड भएपछि झडप हुने आशंकामा स्थानीय प्रशासनले जिल्लामा कडा सुरक्षाव्यवस्था बनाएको छ ।

प्रतिक्रिया