पेट्रोलियम पदार्थ सहज गर्ने सहमति

nepal_oil_corporation_

काठमाडौं, २२ फागुन । नेपाल आयल निगम र आन्दोलनरत ट्याङकर मजदुरबीच आज भएको बार्ता सहमतिमा पुगेको छ ।
सहमति भए लगत्तै मजदुरहरुले पेट्रोलियम पदार्थको आपूर्ति गर्न आजैदेखि सहयोग गर्ने निर्णय भएको निगमका प्रवक्ता शिवप्रसाद पुडासैनीले जानकारी दिए । बबरमहलमा भएको बार्ताका क्रममा मजदुरले अघि सारेका मागलाई निमगले पुरा गर्ने लिखित प्रतिवद्धता जनाए पछि पेट्रोलियम पदार्थको सहज आपूर्ति हुने भएको हो ।
निगमले भारतमा मारिएका ट्याङकरका सहचालकको परिवारलाई ८ लाख रुपियाँ राहत दिने सहमित जनाएको छ । माग पुरा भएपछि मजदुरहरुले आफ्नो आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् ।
ढुवानी मजदुरलाई ५ लाख रुपियाँ बराबरको जीवन वीमा पनि गरिदिन सहमति पनि भएको छ ।

प्रतिक्रिया