नेपाली विद्यार्थीलाई मलेसियाले तालिम दिने

काठमाडौं, २२ फागुन । मलेसिया सरकारले नेपाली विद्यार्थीका लागि रोजगारमूलक शिक्षा दिने भएको छ । न्यूनतम खर्चमा नेपाली विद्यार्थीलाई मलेसियाको बर्जेया युनिभर्सिटी कलेज अफ हस्पिटालिटीमा सरकारले रोजगारमूलक शिक्षा दिने भएको हो ।

सोमबार पत्रकार सम्मेलन गरी मलेसियन कार्यवाहक राजदूत फाद्ली अडियाले नेपाली विद्यार्थीलाई रोजगारमूलक शिक्षा दिनका लागि न्यूनतम खर्चमा प्राविधिक तथा हस्पिटालिटी विषयको तालिम दिने जानकारी गराए । सरकारले ‘स्किलमलेसिया’ नामको प्रोजेक्ट सञ्चालन गरेर विद्यार्थीलाई व्यावसायिक तालिम दिन थालेको हो ।
विद्यार्थी आत्मनिर्भर बनाउन मलेसियन सरकारले दुईवर्षे, एकवर्षे र ६ महिने गरी तीन किसिमको तालिममा अध्ययन गर्न थालेको हो । तीन किसिमको तालिममा हाउसकिपिङ, फुड एन्ड बेकरी, कुलेनेरी र फ्रन्ट अफिस चार विषयमा विद्यार्थीले अध्ययन गर्नेछन् ।
२५ प्रतिशत सैद्धान्तिक र ७५ प्रतिशत प्रयोगात्मक कक्षा सञ्चालन हुने र विद्यार्थीहरू तालिमपश्चात् आपैँm रोजगार हुने कार्यवाहक राजदूत अडियाले बताए । ‘तालिम लिइसकेपछि विद्यार्थी रोजगारका लागि भौंतारिनु पर्दैन,’ उनले भने, ‘उनीहरूलाई आफ्नो भविष्य आपैँm बनाउन् भनेर तालिम सञ्चालन गरेका हौँ ।’
दुईवर्षेको पाँच लाख ८० हजार र एकवर्षेका लागि तीन लाख ५० हजार रुपियाँमा विद्यार्थीले तालिम लिन पाउनेछन् । सामान्यतया दुई वर्षको तालिमका लागि नौ लाख लाग्ने राजदूतावासले बताएको छ । तालिमका लागि विद्यार्थीले दुई किस्तामा रकम बुझाउनेछन् ।
राजदूत अडियाले अध्ययनपछि विद्यार्थीले मलेसियामा पनि काम गर्नसक्ने बताए । मलेसियन सरकारले तालिमपश्चात् त्यहीँ काम गर्ने अवसर पनि दिने भएको छ । तालिम सकिएपछि बर्जेया गु्रपले सञ्चालन गरेको होटलमा रोजगार दिने राजदूत अडियाले जानकारी गराए ।
गरिब विद्यार्थीको लागि सञ्चालन गरिएको तालिमका लागि राजदूतावासले विद्यार्थीलाई ऋणसमेत उपलब्ध गराउने भएको छ । ‘गरिब विद्यार्थीलाई रोजगार बनाउनका लागि ऋण दिने पनि व्यवस्था गरेका छौँ,’ उनले भने ।
राजदूतावासले काठमाडौंस्थित सगरमाथा मर्चेन्ट बैंकबाट विद्यार्थीलाई ऋण उपलब्ध गराउने दूतावासका रोशन राठीले जानकारी गराए । एसएलसी पास गरेका तथा १८ देखि ३५ वर्षे उमेरका विद्यार्थीले अध्ययन गर्न पाउनेछन् । तालिममा अध्ययन गर्नका लागि आइएलटिएसमा पाँच नम्बर ल्याउनुपर्ने वा राजदूतावासले लिएको परीक्षा पास गर्नुपर्नेछ ।

प्रतिक्रिया