‘हलाल क्रान्ति’ जारी छः प्रधानमन्त्री

baburam-bhattarai-gओखलढुङगा, २१ फागुन । प्रधानमन्त्री बाबुराम भट्टराईले एकै झड्कामै क्रान्ति पूरा नहुने भन्दै एमाओवादीको ‘हलाल क्रान्ति’ जारी रहेको बताएका छन् ।
गाम्नाङटारमा रहेको ग्रामोदय युगकवि सिद्धिचरण उच्च माविको स्वर्ण महोत्सवलाई आज ओखलढुंगामा सम्बोधन गर्दै प्रधानमन्त्री भट्टराईले जनचाहनाका विरोधीहरुलाई क्रान्तिबाटै पाखा लगाउने चेतावनी दिए ।
एकै झड्काको प्रहारबाट सामन्तवादको अन्त्य नहुने भएकाले पटक–पटक रेटेर सामन्तवाद समाप्त गर्न ‘हलाल क्रान्ति’ जारीरहेको उनको भनाई छ ।
सरकार वैधानिक रुपमा सक्षम हुँदाहुँदै पनि सहमतिका लागि प्रधानन्यायाधीशलाई सत्ता छोड्न तयार रहेको उनले दाबी गरे । ‘कांग्रेस र एमालेले चुनाव नचाहेकाले सहमति हुन सकेको छैन,’ उनको आरोप छ ।

प्रतिक्रिया