प्रधानन्यायाधीश भन्दा उपराष्ट्रपति ठीक

काठमाडौ, २१ फागुन । प्रमुख दलहरु प्रधानन्यायाधीश नेतृत्वमा चुनावी सरकार गठनको अन्तिम चरणमा पुगेका बेला निर्वाचन आयोगमा दर्ता भएका ४३ वटा राजनीतिक दलहरुले भने उपराष्ट्रपतिलाई अगाडि सारेका छन् ।
प्रधानन्यायाधीशको नेतृत्वमा सरकार गठन गर्नु संविधान विपरित हुने तर्क गर्दै ४३ दलको गठबन्धनले निकासको लागि राष्ट्रपतिले उपराष्ट्रपतिको नेतृत्वमा चुनावी सरकार गठन गरेर अघि बढ्नु पर्ने सुझाव दिएका छन् । संविधानको धारा ३६ ग र झ १ बमोजिम संविधानसभाको विघठनपछि राष्ट्रपति र उपराष्ट्रपति मात्रै बैधानिक संस्थाको रुपमा बाँकी रहेको गठनबन्धनको दावी छ ।
आज काठमाडौंमा आयोजित एक कार्यक्रममा गठबन्धनका संयोजक सोभाराम थापाले राष्ट्रपति चार दलको घेराभित्र सिमित रहेको भन्दै ठूला दलहरुकै कारण मुलुक अप्ठ्यारो अवस्थामा पुगेको आरोप लगाए ।

प्रतिक्रिया