एमाओवादीले पनि कुर्वानी गर्नुपर्छः पोखरेल

Ishowar Pokarelपोखरा, २१ फागुन । एमालेका महासचिव ईश्वर पोखरेलले आगामी जेठमा चुनाव नगराउने षड्यन्त्रका कारण एमाओवादीले अझैपनि सहमति नचाहेको आरोप लगाएका छन् ।
सत्य निरुपण तथा मेलमिलाप आयोग, तराईको नागरिकता समस्या र संविधानको बाधाअड्काउ फुकाउने जस्ता विषयमा एमाओवादीले अनावश्यक बखेडा गरेको उनको भनाई छ ।
पोखरामा आज आयोजित कार्यक्रममा महासचिव पोखरेलले एमाओवादीले मुलुकलाई बचाउन एमालेले जस्तै कुर्वानी गर्नु पर्ने बताए ।
‘रष्ट्रिय सहमतिका लागि माधवकुमार नेपाल र झलनाथ खनालले प्रधानमन्त्री पादबाट राजीनामा दिई सकेका छन्,’ उनले भने, ‘एमाओवादीले पनि तत्काल प्रधानमन्त्रीको पद छाडेर सहमतिको वातावरण निर्माण गर्न कुर्वानी गर्नुपर्छ ।’
पार्टीको निर्णयबाट कुनै पनि हालतमा पछि नहट्ने बताएका पोखरेलले सरकार बहिर्गमन पहिलो सर्त भएको शक्ति पृथकीकरणलगायतका सिद्धान्तमा आँच आउने नहुँने बताए ।
एउटै कुर्सीमा बसेर प्रधानमन्त्री र प्रधानन्यायाधीशको काम गर्न दिने कुरा एमालेलाई स्वीकार्य नरहेको उनको भनाई छ । उनले निर्वाचन हुने ग्यारेन्टी भए एमाओवादी अध्यक्ष पुष्पकमल दाहालनै प्रधानमन्त्री बन्दा कुनै फरक नपर्ने बताए ।

प्रतिक्रिया