विराट गोल्डकपमा एपिएफको विजयी सुरुआत

Footballविराटनगर, २१ फागुन । सशस्त्रको एपिएफ क्लब विराटनगरमा आइतबारदेखि सुरु भएको दोस्रो रमपम विराट गोल्डकप फुटबल प्रतियोगिताको सुरुआतमा सानदार जित हासिल गरेको छ । प्रतियोगिताको पहिलो दिन आइतबार सशस्त्र प्रहरी बल एपिएफ क्लबले केएफसी कालेम्पोङ भारतलाई ६–२ गोल अन्तरले पराजित गर्‍यो ।

खेलको सुरुआतसँगै कालेम्पोङमाथि दबाब राखेको एपिएफले खेलको पहिलो हाफमा २ गोलले अग्रता लिएको थियो । खेल सुरु भएको १० मिनेटमा एफिएफका कप्तान गणेश लावतीले पहिलो गोल गरेका थिए । पहिलो हाफको ३१औँ मिनेटमा एपिएफका सन्तोष श्रेष्ठले दोस्रो गोल गरे । पहिलो हाफमा कालिम्पोङका सत्यदीप थापा र ४१औँ मिनेटमा अमिर लामाले सुन्दर मौकालाई सदुपयोग गर्न चुके ।
खेलको दोस्रो हाफमा एपिएफका लावतीले गोल गर्दै व्यक्तिगत दुई गोल गरे । त्यसको दुई मिनेट बित्न नपाउँदै कालिम्पोङका अमिर लामाले आफ्नो टिमलाई पहिलो गोल गरे । त्यसपछि एपिएफका श्याम नेपालीले गोल गरेका थिए । लगत्तै कालिम्पोङका तेन्जिङ गोलले २३औँ मिनेटमा आफ्नो टिमलाई दोस्रो गोल गरेका थिए । खेलको ३२औँ मिनेटमा एफिएफका नेपाली र ३०औँ मिनेटमा नविन लामाको गोलसँगै एफिएफले ठूलो अन्तरको जित हात पार्‍यो ।
खेलको म्याद अफ द म्याच एपिएफका गणेश लावती घोषित भए । आइतबारको खेलमा विजयी एफिएफले सेमिफाइनल पुग्न भुटानको सिएफसी क्लवसँग २२ गते भिड्नेछ । सोमबारको खेल सिम्रिक सरस्वती युवा क्लव काठमाडौं र पूर्वाञ्चल–११बीच हुने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया