नवलपरासी । पूर्वमन्त्री करिमा वेगम चढेको गाडीले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन् । महेन्द्र राजमार्ग अन्तर्गत नवलपरासीको मुकुन्दपुर–६ स्थित २३ स्मृतिपुल नजिकै बेगम चेढेको बा ६ च ७४०४ नम्बरको गाडीले ना २२ प १५१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक चितवन भरतपुरका मनोज ढकाल र पछाडि बसेकी अप्सरा ढुंगानाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया