देशभर एकसाथ “समय”

Mousamकाठमाडौं : चलचित्र क्षेत्रमा दोस्रो पुस्ताको प्रवेश प्रतिदिन बढ्दै छ । यस्तैमा नायिका मौसमी मल्लका छोरा बिक्कि मल्ल पनि अभिनयमा देखिएका छन् । ‘समय’ नामक चलचित्रमार्फत उनी अभिनयमा देखा परेका हुन् । आज शुक्रबारबाट चलचित्र देशभर एकसाथ प्रदर्शनमा आउने भएको छ ।
उमेरले पनि टिन एजर्स बिक्किले चलचित्रमा पनि टिन एजर्सकै भूमिका निर्वाह गरेका छन् । चलचित्रमा उनी प्लेब्वाईको भूमिकामा छन् । त्यसैले पनि यसमा उनको नायिका सुरबी जैनसँग उत्तेजक दृश्य छ । चलचित्रकी प्रस्तुतकर्ता मौसमी मल्ल हुन् ।
‘चलचित्रमा आफ्नो जीवनको वास्तविक कथालाई पनि उठान गरेकी छु’, मौसमीले भनिन् ।
दयाराम दाहालको निर्देशन रहेको चलचित्र ‘समय’ मा राजेश हमाल, मौसमी मल्ल, बिक्कि मल्ल र सुरभी जैनको मुख्य अभिनय छ । चलचित्रलाई सन्देशमान श्रेष्ठले निर्माण गरेका हुन् । चलचित्रले दुई पुस्ताबीच समयले ल्याउने भिन्नतालाई देखाउन खोजेको निर्माता श्रेष्ठले बताए । शुक्रबार प्रदर्शनमा आउने तय भइसकेपछि प्रमोसनमा जुटेको चलचित्र ‘समय’ आइतबार सेन्सरमा पुगेको थियो ।
‘सेन्सर बोर्डका केही सदस्यले मेरो चलचित्रलाई दोस्रोपटक पनि रिलिज हुन नदिने षड्यन्त्र गरिरहेका थिए । त्यसैले पनि सुरुमा मलाई सेन्सरले सर्टिफिकेट नदिएको हो’, मल्लले सौर्यसँग भनिन्, ‘सेन्सर बोर्डले भनेभैँm मैले सिनेमाको एउटा चुम्बन दृश्य र एउटा बेड–दृश्यलाई चार/चार सेकेन्डमा झारेँ, त्यसपछि पनि चलचित्र अश्लील भयो भनेर फेरि सेन्सर गर्न मानेन । पछि, उक्त दृश्यहरू हटाइसकेपछि मात्र हामीले युनिभर्सल सर्टिफिकेट पायौँ ।’ गत माघ बीस गते प्रदर्शनमा आउने सम्पूर्ण तयारी गरे पनि चलचित्र सेन्सरकै कारण पछि सरेको थियो । (सौस)

प्रतिक्रिया