मिस राई युमा म्युजिक भिडियोमा

Yuma-Raiकाठमाडौं : राई समुदायकै प्रथम मिस राई युमा राईले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक राजेशपायल राई र श्रेयासी चेम्जोङले गाएको तिम्रो जीवन नामक आधुनिक गीतमा मिस राईले अभिनय गरेकी हुन् । मिस राई भएपछि धेरै म्युजिक भिडियोका लागि अफर आएको बताउने युमाले तिम्रो जीवन बोलको गीत धेरै राम्रो लागेकाले त्यसको म्युजिक भिडियोमा अभिनय गरेको बताइन् ।
उनले त्यसरी अभिनय गर्दा नयाँ अनुभव लिन पाएको पनि बताइन् । यम गुरुङको संगीत र मृगेन राईको शब्दमा बनेको गीतलाई रियाज म्युजिक सेन्टरले अडियो बजारमा केही समय अगाडि ल्याएको थियो । म्युजिक भिडियोलाई संगिता श्रेष्ठले निर्देशन गरेकी हुन् । युमाले अन्य भिडियोहरूका लागि अभिनय गर्ने अफर आइरहेको भए पनि हाल आफू अध्ययनमै केन्द्रित हुने बताइन् । तर, उनी भन्छिन्, ‘शब्द र संगीत राम्रो लागेमा गीत पनि गाउने सोच छ ।’ उनलाई पप शैलीका गीत मन पर्छन्् । (सौस)

प्रतिक्रिया