एकीकृत माओवादीद्वारा मल्ललाई ज्यान मार्ने धम्की

बाग्लुङ, २७ माघ । नेपाली कांग्रेसका एक जना नेता माथि बाग्लुङग जिल्लामा सत्तारुढ एकीकृत माओवादीका नेताले ज्यान मार्ने धम्की दिएका छन् ।
भीम पोखरा–२ कांग्रेसका पूर्व वडा अध्यक्षसमेत रहेका बीरबहादुर मल्ललाई हिजो सदरमुकामस्थित उनकै निवासमा एकीकृत माओवादी बाग्लुङ जिल्लाका प्रमुख बाबुलाल शाक्यले ज्यान मार्ने धम्की दिएको आफन्तले जानकारी दिएका छन् ।
पार्टी कामका लागि भन्दै मागिएको चन्दा रकम नदिए पछि एकीकृत माओवादीले पूर्व वडा अध्यक्ष मल्ललाई ज्यान मार्ने धम्की दिएको हो । मल्लले एकीकृत माओवादीलाई चन्दा रकम दिन अस्वीकार गर्दै आएका छन् ।
‘एकीकृत माओवादीका बाग्लुङका जिल्ला प्रमुख बाबुलाल शाक्यले ज्यान मार्ने धम्की दिँदै आएका छन्,’ मल्ले भने ।
एकीकृत माओवादीका तर्फबाट ज्यानको खतरा भएपछि पूर्व वडा अध्यक्ष मल्ल जिल्लाबाट विस्थपित भएका छन् ।
यस अघिपनि मल्लका कान्छा छोरा प्रकाश मल्ललाई समेत एकीमाओवादीका जिल्ला प्रमुख शाक्यले ज्यान मार्ने धम्की दिएका थिए । छोरा प्रकाशको सुरक्षाका लागि हारगुहार गर्दा पनि स्थानीय प्रशासनले वेवास्ता गरेको आफन्तको गुनासो छ ।
पूर्व वडा अध्यक्ष मल्लले प्रहरीनै एकीकृत माओवादीका प्रमुख शाक्यको पक्षमा रहँदै आएको भन्दै आफू प्रशासनबाट समेत असुरक्षित रहेको जनाउँदै आएका छन् ।

प्रतिक्रिया