बैंक ठगी गर्ने अधिकारी पक्राउ

Lootpatकाठमाडौं, १७ फागुन । विदेशी विनिमय अपचल र ठगी आरोपमा सजाय पाएका ‘जिमरालटार कन्सर्नका प्रोप्राईटर चिरञ्जीवी अधिकारीलाई पहरीले पक्राउ गरेको छ ।
अधिकारीलाई प्रहरीले मंगलबार नुवाकोटको तारुकाघाटबाट पक्राउ गरेको जनाएको छ । पक्राउ गरेको हो । उनले हङ्गकङ्गका बिभित्र कम्पनीहरुबाट ‘सीविड पाउडर’ र कम्प्यूटर पार्टसहरु आयात गर्ने बहानामा राष्ट्रिय बाणिज्य बैंक बानेश्वर शाखामा ठगी गरेको आरोप छ । अधिकारी नुवाकोट बुधसिंह–८ निवासी हुन् ।
काठमाडौं जिल्ला अदालतले २०५९ असार–२१ गतेको फैसला अनुसार अधिकारीलाई ७ करोड २८ लाख ६४ हजार ९ सय ७१ रुपियाँ जरीवाना ठहर गरेको थियो ।
बानेश्वर शाखाबाट उनले पटक–पटक गरी २०५२ सालमा १४ लाख ७६ हजार १ सय ८१ अमेरिकी डलर बराबरको प्रतितपत्रहरु खोलेर ४८ हजार अमेरिकी डलर बराबरको मात्र सामान पैठारी गरेका थिए ।

प्रतिक्रिया