पूर्व युवराजको स्वास्थ्यमा सामान्य सुधार

paras-shahaकाठमाडौं, १७ फागुन । पूर्व युवराज पारस शाहको स्वास्थ्यमा समान्य सुधार भएको अस्पतालले जनाएको छ ।
फागुन–८ गते बैंककस्थित सामितिभेज अस्पतालमा उपचार गराई रहेका पूर्व युवराजा पारसको स्वास्थ्यमा केही सुधार देखिएको हो । उनले हातखुट्टा चलाएको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यस अघि पूर्व युवराज पासको शरीरका कुनै पनि अंग चलेका थिएनन् । हातखुट्टा केही चलेकाले स्वास्थ्य अवस्थामा सुधार हुने संकेत देखिएको अस्पतालको भनाई छ । औषधिविनानै उच्च रक्तचाप र मुटुको धड्कन सामान्य बन्दै गएको छ ।
यसैबीच, पूर्व युवराज पारसका सबै परिवार बैंककमा नै रहेको छ । परिवारले नै उनको हेरचाह गर्ने गरेको जनाईएको छ ।

प्रतिक्रिया