‘प्रधानन्यायाधीशको पक्षमा फैसला हुन्छ’

Sher Bd Deuba 1कैलाली, १६ फागुन । कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई भएकै दिन नयाँ सरकार गठन हुने दावी गरेका छन् ।
धनगढीको गेटा बिमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै नेता देउवाले प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्नेमा दलहरुबीच सहमति भए पनि सर्वाेच्चमा मुद्दा परेका कारण ढिलाई भएको बताए ।
उनले सर्वोच्च अदालतले प्रधानन्यायाधीशको पक्षमा फैसला गर्ने दावी गरे ।
कांग्रेसभित्रै प्रधानन्यायाधीश नेतृत्वका बारेमा बिवाद भएको प्रसंगमा नेता देउवाले भने, ‘शक्ति पृथकीकरणमा समस्या आउने हो कि भनेर केही साथीले आवाज उठाए पनि ठूलो बिवाद छैन ।’
प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गरी जेठ महिनाभित्र चुनाव गर्नु पर्ने देउवाको भनाई छ ।

प्रतिक्रिया