गाविसका सचिवहरु आन्दोलनमा

sarkar logoकाठमाडौं, १६ फागुन । स्थानीय निकायको निर्वाचनलगायतका विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका गाविस सचिवहरुले आज मुलुक भरिका कार्यालयमा कामकाज प्रभावित बनाएका छन् ।
गाविस कर्मचारी संघ र गाविस सचिव हकहित संरक्षण केन्द्रले संयुक्त रुपमा स्थानीय निकायको कामकाज ठप्प बनाएका हुन् । गाविसका सचिवहरुको आन्दोलनका कारण सेवाग्राही मर्कामा परेका छन् ।
माग पूरा नभएसम्म कामकाज ठप्प पार्ने उनीहरुको चेतावनी छ ।

प्रतिक्रिया