पारसको रक्तचाप सुधार

काठमाडौं : हृदयाघात भएर अस्पताल भर्ना भएका पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा झिनो सुधार आएको छ । तर, अझै पनि उनको अवस्था भने गम्भीर र स्थिर नै रहेको अस्पतालले जनाएको छ ।

बैंककस्थित समितिवेज अस्पतालका अनुसार सोमबार उनको रक्तचापमा केही सुधार आएको हो । ‘उनको रक्तचाप सन्तुलनमा आउने क्रम जारी छ,’ अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘रक्तचापका लागि औषधि दिनुपरेको छैन ।’ विज्ञप्तिअनुसार उनको आन्तरिक रक्तस्रावमा पनि सुधार आएको छ । गम्भीर रूपमा रहेका र अचेत अवस्थामै भएका पारसको उपचारका लागि अस्पतालले बंैकक अस्पतालबाट समेत चिकित्सक ल्याएको जनाएको छ । (सौस)

प्रतिक्रिया