जेठमै चुनाव हुने पक्का भएको छः भट्टराई

baburam-bhattarai-gकाठमाडौं, १४ फागुन । प्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानन्यायाधीश खिलराज रेग्मी चुनावी सरकारको नेतृत्व लिन तयार भएको भन्दै जेठमै नयाँ निर्वाचन हुने दाबी गरेका छन् ।
बालुवाटारमा आज आयोजित कार्यक्रममा भट्टराईले प्रमुख चार दलका शीर्ष नेताहरुसँग भएको छलफलमा प्रधानन्यायाधीश रेग्मी नेतृत्वलिन तयार भएको जानकारी दिए । ‘प्रधानन्यायाधीशले देशले सुम्पेको जिम्मेवारी पूरा गर्न म तयार छु भन्नु भएको छ,’ उनले भने ।
उनले चुनावी सरकारको नेतृत्व गर्न रेग्मी सैद्धान्तिक रुपमा सहमत भएकाले बाँकी विषय प्रमुख चार राजनीतिक शक्तिको बैठकले टुंग्याउने बताए ।
‘अब जेठ महिनामै निर्वाचन हुने पक्का भएको छ,’ प्रधानमन्त्री भट्टराईले भने, ‘चुनावका लागि तयार रहनुस् ।’

प्रतिक्रिया