नेरिक र इनोभेटिभ च्याम्पियन

aia-basket-ballकाठमाडौं, १४ फागुन । नेरिक र इनोभेटिभ स्कुल तेस्रो टेन्डा एआइए अन्तरस्कुल बास्केटबल प्रतियोगिताको उपाधि जित्न सफल भएका छन् । आयोजक एआइएको कोर्टमा भएको उपाधि भिडन्तमा जुनियरतर्फ नेरिक र सिनियरतर्फ इनोभेटिभले जित हात पारे । जुनियर छात्रको फाइनलमा नेरिकले आयोजक अवेरनेस इन्टरनेसनल (एआइए) लाई ३१–१४ ले हरायो । नेरिकको जितमा मोस्ट भ्यालुएबल प्लेयर बन्न सफल मनोज खत्रीले १० स्कोर गरे ।

सिनियरतर्फको खेलमा इनोभेटिभले भ्याली पब्लिकलाई ३५–२६ ले हरायो । इनोभेटिभको जितमा सुदीप श्रेष्ठले १४ स्कोर गरे ।
सिनियरतर्फ नेरिक स्कुल तेस्रो भयो । नेरिकले तेस्रो स्थानको खेलमा ग्रिनल्यान्डलाई ३१–२१ स्कोरले पाखा लगायो । नेरिकको जितमा अंकित भण्डारीले १३ स्कोरको योगदान गरे । जुनियरतर्फ तेस्रो स्थानका लागि भएको खेलमा ग्रिनल्यान्डले इनोभेटिभलाई २९–२२ ले हरायो । टिमलाई जित दिलाउन जितेन कार्कीले १३ स्कोर गरे । विजयी टिमलाई प्याब्सनका केन्द्रीय अध्यक्ष डा. बाबुराम पोखरेलले पुरस्कार प्रदान गरे ।

प्रतिक्रिया