मच्छिन्द्रलाई उपाधि

Machhindra-clubराजविराज : सप्तरीको राजविराजमा सम्पन्न सप्तरी गोल्डकप फुटबल प्रतियोगिताको उपाधि मछिन्द्र क्लब काठमाडौंले हात पारेको छ । आइतबार सम्पन्न फाइनल खेलमा यति हिमालयन शेर्पा काठमाडौंलाई ३–१ ले हराउँदै मछिन्द्रले उपाधि हात पारेको हो ।
मच्छिन्द्रलाई जित दिलाउने क्रममा विशाल राईले ह्याट्रिक गरे । पहिलो हाफमा दुई गोल गरेका विशालले दोस्रो हाफमा एक गोल गरेका थिए । हिमालयन शेर्पाका लागि कप्तान पुकार गहतराजले गोल गरेका थिए । उनको गोलले टिमलाई विजय दिलाउन सकेन ।
प्रतियोगिताको समापनपछि उपाधि विजेतालाई दुई लाख रुपियाँ र उपविजयीलाई एक लाख रुपियाँ प्रदान गरियो । प्रतियोगितामा नेपाल तथा भारतका सहित आठ टिमले सहभागिता जनाएका थिए । (सौस)

प्रतिक्रिया