राजेश नेगेटिभ भूमिकामा

rajeshhamalकाठमाडौं : गायनको सफलता पछि चलचित्र निर्माणमा हात बढाएका गायक विक्रम शाहले निर्माण गरेको चलचित्र ‘पल्टन’ आगामी २५ गतेबाट प्रदर्शनमा आउने भएको छ । राजेश हामलको दोहोरो तथा नेगेटिभ भूमिकामा अभिनय रहेको यस चलचित्र निर्माण पक्षको लामो संघर्ष पछि बल्ल प्रदर्शनमा आउन लागेको हो ।
चलचित्रमा राजेशको अलवा अमृत लामा, तृप्ती नाटकर, दिनेश थापा, पुस्कर रेग्मी, करण क्रेजी, कुसल थापा, दीपेन्द्र श्रेष्ठ, सञ्जिता गुरुङ, प्रतिष्ठा प्रसाईं, विजय देउजालगायत कलाकारको मूख्य भूमिका छ ।
पाँच विकास क्षेत्रबाट एक/एक क्यारेक्टर उठाएर पल्टनका रूपमा तयार बनाइएको कथा रहेको चलचित्रमा मधेस, तराई, हिमाल, पहाड सबै समेटिएको निर्माता विक्रम शाहले बताए । नागरिक पनि एक किसिमको पल्ट्न हुन् भन्ने सन्देशसमेत रहेको चलचित्र अहिलेसम्म निर्माण भएको चलचित्रभन्दा भिन्न भएको शाहको दाबी छ ।
पोखरा, काठमाडौं, नगरकोटलगायतका रमणीय दृश्यहरू समेटिएको पल्टनका निर्देशक बासुदेव पोखरेल हुन् । एक गीतमा गुरुङ संस्कृतिलाई ‘पल्टन’मा समिटिएको छ । रोशन श्रेष्ठको द्वन्द्व रहेको चलचित्रमा नृत्य बब्बु थापा, संगीत अशोक राईले दिएका छन् भने छायांकन सुमनकुमार तण्डुकारको छ । (सौस)

प्रतिक्रिया