केशवदासले पछारे भारतका भुर्रा पहलमानलाई

kustiभैरहवा : रुपन्देहीको मर्चवारमा आयोजित आमन्त्रण कुस्ती प्रतियोगितामा सहभागी ६ नेपाली खेलाडीले राम्रो प्रदर्शन गरे । राजेन्द्र केशरी, महेन्द्र यादव, जोगेन्द्र पहलमान, चन्द्रभान, वसन्त थापा र बाबा केशव दासलगायतले उत्कृष्ट प्रदर्शन गरे । उपाधि भने केशव दासले जिते । खेलमा भारतका पन्जाब, आगरा, हरियाना, कानपुर, देवरिया, गोरखपुर, महाराजगन्ज, दिल्ली, गाजिपुर, अयोध्यालगायतका क्षेत्रबाट ३४ जना खेलाडी सहभागी रहेका थिए ।
खेलमा प्रथम भएका नेपालका कुस्तीबाज बाबा केशव दास र पन्जाबका भुर्रा पहलमान छोटे खलीबीचको भिडन्त आधा घन्टा चलेको थियो । केशव दासले १ लाख १ हजार रुपियाँ पुरस्कार पाए । प्रमुख अतिथि नेपाल युवा किसान पार्टी केन्द्रीय सदस्य उमाशंकर यादवलगायतले विजेता खेलाडीलाई पुरस्कार प्रदान गरे । (सौस)

प्रतिक्रिया