अभ्यासका लागि भारततर्फ

cricketनिकट भविष्यमा हुन गइरहेको एसिसी टी–२० एलिट कप र आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन थ्रीको तयारीमा व्यस्त नेपाली राष्ट्रिय टोली अभ्यास खेलका लागि शनिबार नयाँदिल्ली प्रस्थान गरेको छ । अठार सदस्यीय नेपाली टोलीमा कप्तान पारस खड्का, सुवास खकुरेल, सागर पुन, ज्ञानेन्द्र मल्ल, पृथु बास्कोटा, प्रदीप ऐरी, विनोद भण्डारी, शक्ति गौचन, वसन्त रेग्मी, शरद भेषवाकर, अमृत भट्टराई, चन्द्र साउद, सञ्जम रेग्मी, मञ्जित श्रेष्ठ, अनिल मण्डल, राहुल विश्वकर्मा, जितेन्द्रकुमार मुखिया र रामनरेश गिरी छन् । भारतमा छँदा नेपाली टोलीले स्थानीय क्लबहरूसित चार एकदिवसीय र त्यति नै टी–२० म्याच खेल्ने कार्यक्रम रहेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ ।
तस्बिर : सौर्य

प्रतिक्रिया