‘छड्के’को ओपनीङ ५५ लाख !

Kuri-Gang-of-Chhadkeकाठमाडौं, १३ फागुन । नेपाल चलचित्र क्षेत्र अर्थात कलिउड यति बेला छड्के चलचित्रको व्यवसायले तातेको छ । चलचित्र व्यवसायमा शून्यता छाएको समयमा ‘छड्के’ले ओपनिङ नै उत्साहजनक व्यवसाय गरेका कारण चलचित्रको बजार तातेको हो । शुक्रबारबाट प्रदर्शनमा आएको ‘छड्के’ माधव वाग्ले र नरेन्द्र महर्जनले निर्माण गरेका हुन् । यी दुवैले यस अगाडि ‘लुट’ चलचित्र पनि निर्माण गरेका थिए ।

‘चलचित्रले ओपनिङ कलेक्सन नै ५५ लाख गरेको छ,’ निर्माता वाग्लेले सौर्यसँग भने । ‘लुट’ले जस्तै यसले पनि चलचित्र क्षेत्रको अर्को संकटकाल टारेको उनको दाबी छ । देशभरका ३० चलचित्र भवनमा ‘छड्के’ प्रदर्शन भइरहेको छ । उपत्यकाका बिगसिनेमा, क्युएफएक्स, कुमारी, गंगा, अस्टनारायणलगायतमा यो प्रदर्शनमा आएको छ । हिन्दी चलचित्र ‘दबंग’ र ‘एक था टाइगर’को नेपाल व्यवसायलाई यसले उछिनेको वाग्लेले बताए ।
छड्ेको ओपनिङ व्यवसाय उत्साहजनक रहेको र ५५ लाख ओपनिङ कलेक्सन गर्न सफल भएको हुनसक्ने चलचित्र प्रदर्शकको छाता संघठन नेपाल चलचित्र संघका अध्यक्ष राजकुमार पोखरेलले बताए । उनले भने हिन्दी चलचित्र प्रदर्शनमा नआएको समय भएर पनि यसले राम्रो व्यवसाय गरेको हो । राम्रो चलचित्र बनाउन सकियो भने व्यवसाय पनि राम्रो हुन्छ भनेर ‘छड्के’ले पुष्टी गरेको पोखरेलले बताए । यस अगाडि पनि ‘लुट’ले यसै गरी व्यवसाय गरेको उनले सुनाए ।
त्यस्तै क्युएफएक्सका सञ्चालक नकिम उद्दिनले चलचित्र छड्केले शुक्रबार र शनिबारका सबै सो हाउसफुलको व्यवसाय गर्न सफल भएको बताए । उनले आउँदो दिनमा पनि उत्साहजनक व्यवसाय गर्ने अनुमान लगाए ।
‘चलचित्रले राम्रो व्यवसाय गरे पनि ‘छड्के’ हेरेका दर्शकले तीन किसिमको प्रतिक्रिया दिएको’ निर्माता वाग्लेले बताए । चलचित्र हेरेका दर्शक मध्ये ‘६० प्रतिशतले राम्रो, २० प्रतिशतले नराम्रो र २० प्रतिशतले बुझेनौ भनेको’ उनले बताए । वाग्लेले भने– ‘यस्तै प्रतिक्रिया ‘लुट’ प्रदर्शनको समयमा पनि पाएको थिएँ । ‘लुट’ पनि चलचित्र बुझिनँ भन्ने दर्शकले दोहोर्‍याएर हेरेर बुझेपछि राम्रो भएको प्रतिक्रिया दिएकाले ‘छड्के’मा पनि यस्तै हुनेछ । चलचित्र बुझिनँ भन्ने दर्शकलाई फेरि चलचित्र हेरेर कमेन्ट गर्नसमेत वाग्लेले आग्रह गरे ।
केही रङ पत्रकारले चलचित्र नराम्रो भनेर फेसबुक जस्तो सामाजिक सञ्जालमा दुरुपयोग गरेको वाग्लेले आरोप लगाए । यसले मलाई दु:खि पनि बनाएको छ । उनले भने– ‘उहाँहरूको मसँग व्यक्तिगत रिसिबीका कारणले हो या के कारणले हो मलाई थाहा छैन । चलचित्र नराम्रो भनेर व्यक्तिगत कमेन्ट गर्न सबैलाई छुट भए पनि सामाजिक सञ्जालमार्फत दर्शक भड्काउन कसैलाई छुट छैन ।
विदेशी चलचित्रभन्दा आफ्नो चलचित्र ‘छड्के’ कुनै हिसाबमा पनि कम नभएको वाग्लेको भनाइ छ । चलचित्रमा मानव हिस्सा उत्पन्नको कारण कथामा छ । नेपाली जनावरहरुको अवस्थाका विषय पनि कथामा समेटिएको कारण यसले सही सन्देश छोड्ने वाग्लेले आशा व्यक्त गरे ।
आफ्नै चलचित्र लुटको व्यवसायलाई यसले जित्ने बताउँदै वाग्लेले चलचित्र राम्रो बनाएकोले सफलता पाएको बताए । ‘लुट’ जस्तै ‘छड्के’को पनि सिको गरेर अन्यले चलचित्र निर्माण गर्ने उनले अनुमान लगाए । किनभने यसले पनि नेपाली चलचित्र क्षेत्रमा नयाँ ट्रेन भित्र्याएको छ ।
उमेरले बुढौली लागे आफ्नो विचार युवा अवस्थाकै भएकोले युवाको चाहाना अनुसार आफूले चलचित्र निर्माण गरेको बताए । भने– ‘म सधैँ नयाँ विचारका साथ मात्र काम गर्छु र नयाँ विचार र प्रतिभा भएका युवा कलाकार लिन्छु ।
चलचित्रमा दयाहाङ राई र सौगात मल्ल, रक गायक रविन तामाङ, अर्पण थापा, नम्रता श्रेष्ठ लगायतको अभिनय छ । लुटमा सहायक भएर काम गरेका निगम श्रेष्ठले छड्के निर्देशन गरेका हुन् ।

प्रतिक्रिया