रेग्मीले पदबाट राजीनामा दिनु पर्छः नेपाल

madhav nepal 1बुटवल, १२ फागुन । एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले चुनावी सरकारको नेतृत्व लिनु अघि प्रधानन्यायाधीश खिलराज रेग्मीले पदवाट राजीनामा दिनु पर्ने वताएका छन् ।
बुटवलमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले न्यायापालिकाको प्रमुख र कार्यपालिकाको प्रमुख एउटै व्यक्ति बन्न नहुने बताए ।
उनले भने, ‘बहालवाला प्रधानन्यायाधीश प्रधानमन्त्री बन्दा शक्ति पृथ्कीकरणको सिद्धान्त विपरित हुन्छ ।’
उता, पोखरामा उपाध्यक्ष बामदेव गौतमले प्रधानन्यायाधीशकै नेतृत्वमा चुनावी सरकार बन्ने दाबी गरेका छन् । ‘बाबुराम भट्टराई नेतृत्वको सरकार हटेपछि प्रधानन्यायाधीशकै नेतृत्वमा सरकार बन्छ,’ उनले भने ।

प्रतिक्रिया