एक करोड बराबरको काठ बरामद

Bara Districtबारा, १२ फागुन । बारा जिल्लामा स्थानीय प्रशासनले झण्डै एक करोड रुपियाँ बराबरको अबैध काठ बरामद गरेको छ ।
अबैध काठ सहित डुमरवाना–७ बस्ने ३७ वर्षीय बाबुलाल वाईवालगायत १० जना पनि पक्राउ परेका छन् । प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक तथा ईलाका प्रहरी कार्याय पथलैया र कोल्वी एवं सशस्त्र प्रहरीको संयुक्त टोलीले डुमरवाना गाविसका बिभित्र स्थानबाट शुक्रबार अबैध काठ बरामद गरेको हो ।
बरामद काठमा विभिन्न जातका गरी अन्दाजी १० हजार क्यूफिट रहेको प्रहरी प्रहरी भनाई छ । प्रहरीले ना.१६ प ४७८०, बा.३३ प २७०५, बा.१३ प ९८७६ नम्बरका माटरसाइकल पनि बराम गरेको छ ।

प्रतिक्रिया