लामाको अध्यक्षतामा विखेवि बोर्ड

काठमाडौं, ११ फागुन । राष्ट्रिय खेलकुद परिषद्ले विद्यालयस्तरदेखि नै समग्र खेलकुदको विकास गर्ने उद्देश्यले राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव युवराज लामाको अध्यक्षतामा १७ सदस्यीय विद्यालय खेलकुद विकास बोर्ड गठन गरेको छ । बोर्डको सदस्यमा राष्ट्रिय खेलकुद परिषद्का कोषाध्यक्ष इन्द्रबहादुर थिङ, राष्ट्रिय खेलकुद परिषद्का सदस्य कुसुमकुमारी श्रेष्ठ, खेलकुद मन्त्रालय प्रतिनिधि महाश्रम शर्मा शिक्षा मन्त्रालय, गीता राना केन्द्रीय अध्यक्ष एन प्याब्सन, लक्ष्यबहादुर केसी वरिष्ठ उपाध्यक्ष प्याब्सन, रमेश सिलवाल उपाध्यक्ष हिसान, ऋतुराज सापकोटा महासचिव एन प्याब्सन, टंक भट्टराई संयोजक प्याब्सन, बुद्धि पुडासैनी सचिव हिसान, ईश्वरबहादुर गुरुङ कोषाध्यक्ष प्याब्सन, कुमार भट्टराई कोषाध्यक्ष एन प्याब्सन, कमल खनाल प्रमुख राष्ट्रिय खेलकुद परिषद् योजना तथा प्रतियोगिता विभाग, तिलक राउत प्रमुख राष्ट्रिय खेलकुद परिषद् तालिम तथा प्रशिक्षण विभाग र हरिहर श्रेष्ठ रहेका छन् । बोर्डको सचिवमा राष्ट्रिय खेलकुद परिषद् विद्यालय खेलकुद विकास विभागका प्रमुख कुलबहादुर थापा रहेका छन् ।

बिहीबारै बसेको बोर्डको पहिलो बैठकमा अध्यक्ष लामाले बोर्ड गठन गरेकोमा नेपाल सरकारलाई धन्यवाद दिँदै राष्ट्रपति रनिङशिल्डलाई प्रभावकारी बनाउनु पर्ने, जुनियर च्याम्पियनसिप तत्काल गर्नुपर्ने, विद्यालय खेलकुद महासंघ गठन र परिषद्को एकेडेमीबाट विद्यालयलाई कसरी फाइदा पुर्‍याउन सकिन्छ भन्नेबारेमा छलफल अगाडि बढाएका थिए ।

प्रतिक्रिया