उदयपुर : सदरमुकाम गाईघाटमा बिहीबारबाट पाँचाँै राष्ट्रपति रनिङ सिल्ड अन्तर उच्च माध्यमिक तथा मावि स्तरीय खेलकुद प्रतियोगिता सुरु भएको छ । छात्र र छात्रा दुवै दौड प्रतियोगिता भएका छन् । एथलेटिक्सको आठ सय मिटर दौडमा पुरुष तर्फ लक्ष्मीपुर उच्च माविका जागेश्वर चौधरी प्रथम, पिसजोन एकेडेमीका विधायक राई दोस्रो र उदयसि उच्च माविका कृष्णबहादुर कटवाल तेस्रो भएका छन् ।
आठ सय मिटर महिला दौड अन्तर्गत लक्ष्मीपुर उच्च माविकी समीक्षा विष्ट प्रथम, गाईघाटका चिरन्जीवी राउत दोस्रो र बाल मन्दिर माविकी तारा कार्की तेस्रो भए । यस्तै एक सय मिटर दौडअन्तर्गत छात्रा तर्फ लक्ष्मीपुरकी अनुषा चौधरी प्रथम, बालमन्दिरकी सरस्वती चौधरी दोस्रो र मावि कालीखोलाकी इनिता राई तेस्रो भए । यस्तै दुई सय मिटर छात्रातर्फ लक्ष्मीपुरकी अनुषा चौधरी प्रथम, मावि कालीखोलाकी इनिता राई दोस्रो र गाईघाटकी केन्द्रिका चौधरी तेस्रो भइन् । (सौस)
प्रतिक्रिया