रियो द जेनेरियो : ब्राजिलका महान फुटबलर पेलेले युवा स्टार नेयमारले फुटबललाई भन्दा आफ्नो कपालमा वढी ध्यान दिएको बताएका छन । गत वर्ष पेलेले यी उदीयमान ब्राजिलियन खेलाडी फिफा वर्ष अवार्डमा एकछत्र राज गरिरहेका लिओनेल मेसिभन्दा उत्कृष्ट रहेको वताएका थिए ।
अन्र्तराष्ट्रिय फुटबलमा नेयमारको प्रर्दशन कमजोर रहदै गएको आरोप लगाउदै पेलेले त्यसो हुनुमा ब्राजिलियन क्लब सान्तोसका यी स्ट्राइकरले आफ्ना ‘हेयरस्टाइल’मा वढी चासो दिएको दावी गरेका छन । ब्राजिलको चर्चित एक अखवारसगको अन्र्तवार्तामा पेलेले भनेका छन, ‘राष्ट्रिय टिममा नेयमार सामान्य खेलाडी हुन् । उनीसग अन्र्तराष्ट्रिय अनुभव धेरै छैन । यद्यपी उनी निकै राम्रा खेलाडी हुन । जब उनी ब्राजिल बाहिर खेल्छन, राम्रो प्रर्दशन गर्न सक्तैनन । सवैले राष्ट्रिय टिममा नेयमारले राम्रो गर्नुपर्छ भन्छन तर उनी यसका लागी तयार छैनन । ल्याटिन फुटबल, युरोपियनभन्दा निकै फरक छ ।’
ओ स्टाडो डु साअो पाउलोमा प्रकासित पेलेको अन्र्तवार्तामा २१ वर्षिय नेयमारबारे अगाडी लेखिएको छ, ‘सान्तोसमा खेल्दा उनी विश्वका सर्वोत्कृष्ट फुटबलर लाग्छन । तर उनी टिममा खेल्नभन्दा कसरी मिडीयामा छाउने भन्नेमा चिन्ता लिन्छन । साच्ची भन्ने हो भने नेयमारमाथी ठुलो जिम्मेवारी छ । तर उनी फरक फरक शैलीमा कपाल राखेर वा पालेर देखिनमा उत्सुक देखिन्छन ।’ (एजेन्सी)
प्रतिक्रिया