काठमाडौं : एनसेल युथ कप (१५ वर्ष मुनि) फुटबल प्रतियोगिताअन्तर्गत बुधबार देशभर विभिन्न जिल्लामा खेल सञ्चालन भए । सप्तरीमा राजदेवी युवा क्लबले तेहौटा युवा क्लबलाई १–० ले पराजित गर्दै फाइनल यात्रा तय गर्यो ।
सुनसरीमा ब्वाइज फुटबल क्लब, राष्ट्रिय जागृती क्लबलाई ट्राइब्रेकरमा ३–२ ले हराउँदै सेमिफाइनल प्रवेश गर्यो ।
सिराहामा माझमियान स्पोर्टस क्लब र सिर्जना क्लब विजयी भए । दोलखामा दोलखा युनाइटेड र अल्पाइन टिमले जित हात पारे । दाङमा न्यू स्टार युवा क्लब र ज्ञानज्योति क्लब विजयी भए ।
बारामा नेपाल खेलकुद क्लब र त्रिशक्ति युवा क्लबले जित हात पारे । सर्लाहीमा गौरीशंकर युवा क्लब र लालबन्दी स्पोर्टस क्लबले जित हात पारे । धनुषामा उन्नती मिल क्लब र यज्ञमुनि युवा क्लब विजयी भए । इलाममा आयाम युवा क्लब र प्रिन्स क्लबले जित हात पारे । रूपन्देहीमा सुनौलो संगम क्लब र चुयौली युवा क्लब विजयी भए ।
नवलपरासिमा राइजिङ स्टार क्लब विजयी भयो । नुवाकोटमा बटार क्लब र झापामा सैनिक युथ क्लबले जित हात पारे । (सौस)
प्रतिक्रिया