बार्सिलोना र एसी मिलान भिड्दै

messiलन्डन, ९ फागुन । युरोपियन च्याम्पियन्स लिग अन्तर्गत नकआउट चरणको अर्को कठिन ड्र अन्तर्गत बुधबार राति स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब एसी मिलान आमने सामने हुँदैछन् ।

आफ्नो मैदानमा हुने यस ‘फस्ट लेग’ भिडन्तमा एसी मिलानका मालिक सिल्भियो बर्लुस्कोनीले इटालियन क्लबले स्पेनिस महारथीविरुद्ध फिफा वर्ष खेलाडी लिओनेल मेसीलाई खेलभर ‘मार्क’ गर्नुपर्ने बताएका छन् । यद्यपि, बार्सिलोनाविरुद्ध उतारिने टिमबारे प्रशिक्षक मासिमिलीआनो अलेग्रीलाई आफूले कुनै दबाब नदिने यी पूर्वप्रधानमन्त्रीको भनाइ छ ।
‘बार्सिलोनालाई पराजित गर्न गाह्रो हुने निश्चित छ ।’ बर्लुस्कोनीले एक कुराकानीमा भने, ‘प्रशिक्षक अलेग्रीसँग यस भिडन्तवारे गफ गर्ने समय मैले पाएको छैन । म उनलाई क–कसलाई खेलाउने भन्नेबारे यस अघिभैँm यसपटक पनि कुनै दबाब दिने छैन ।’ क्लबका अध्यक्ष र प्रशिक्षकको आ–आफ्नो क्षेत्राधिकार हुने बताउँदै उनले प्रशिक्षकलाई सुझावसम्म दिनसक्ने आफ्नो अधिकार भने रहेको दाबी गरे । ‘मेरो सुझावको कुरा गर्नु हुन्छ भने मेसीलाई खेलभर निगरानी गर्नुपर्छ ।’ बर्लुस्कोनीको भनाइ छ ।
मेसीले यस सिजन बार्सिलोनाका लागि लगातार १४ खेलमा गोल गरिसकेका छन् । स्पेनिस लिगको जारी संस्करणमा १३ अंकको अगं्रतासहित शीर्षस्थानमा रहेको बार्सिलोना आफ्नो सानदार लयलाई कायम राख्न प्रयासमा हुनेछ । गत संस्करणको क्वार्टरफाइनलमा बार्सिलोनाले एसी मिलानलाई पराजित गरेपछि सोही सिजन एसी मिलानबाट प्रतिभावान खेलाडीहरू याल्टन इब्राहिमोभिक, थिआगो सिल्भा र अलेक्जेन्डर पाटो क्लब स्थानान्तरण भएका थिए । लिगमा उपाधि होडबाट करिब बाहिर रहनुका बाबजुत एसी मिलान भर्खरै इंग्लिस क्लब म्यानचेस्टर सिटीबाट भित्र्याइएका मारियो बालोटेलीको प्रवेशका कारण उच्च मनोवलमा देखिएको छ । आफ्नै मुलुकको लिगमा फर्कने क्रममा बालोटेलीले एसी मिलानका लागि तीन खेलमा उपस्थिति जनाउँदै चार गोल गरेका छन् ।
सन् १९९४ को संस्करणमा फाइनल पुगेको एसी मिलानले उपाधि भिडन्तमा बार्सिलोनालाई ४–० ले पराजित गरेयता यस इटालियन क्लबले पछिल्लो समय विश्व क्लब फुटबलमा निकै सशक्त प्रदर्शन गरिरहेको बार्सिलोनाविरुद्ध खास प्रभाव देखाउन सकेको छैन । त्यसयता यी दुईबीच भएको १० वटा भिडन्तमा एसी मिलान एकमा मात्र विजयी भएको छ भने पछिल्ला सातमा जित हात पार्न सकेको छैन । सन् २००४ को भिडन्तमा एसी मिलान १–० ले विजयी भएको थियो । यसबीचमा युरोपियन च्याम्पियन्स लिगको नकआउट चरणमा यी दुई टोली दुईपटक भिडेका थिए र दुवैमा बार्सिलोना विजयी भएको थियो ।
म्यानचेस्टर युनाइटेड क्वार्टरफाइनलमा

लन्डन । पोर्चुगिज स्टार नानीको सानदार प्रदर्शनमा म्यानचेस्टर युनाइटेड इंग्ल्यान्डको चर्चित फुटबल प्रतियोगिता एफ ए कपको क्वार्टरफाइनल प्रवेश गरेको छ । सोमबार राति भएको पाँचौ चरणको खेलमा म्यान युले रिडिङलाई २–१ ले पराजित गर्‍यो । सन् २०१३ मा पाँच खेलमा मात्र उपस्थिति जनाउन पाएका नानीले बेन्चबाट आएर रिडिङविरुद्ध एक गोल गरेभने थप गोल जेभियर हर्नान्डिजको नाममा रह्यो । ६९औँ मिनेटमा म्यान युले अग्रता लिँदा पहिलो गोल नानीले नै गरे । त्यसको तीन मिनेटपछि मेक्सिकन खेलाडी हर्नान्डिजले थप गोल गरे । नानीले यस सिजन १६ खेलमा मात्र उपस्थिति जनाउन पाएका छन् । पहिलो रोजाइमा पर्न छाडेपछि गत जनवरी ट्रान्सफर विन्डोमा उनी इटालियन क्लब रोमा जाने चर्चासमेत चलेको थियो ।

म्यान युले सेमिफाइनल प्रवेशका लागि चेल्सी र मिडल्सब्रोमध्ये एकसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया