कमजोर प्रदर्शनको कारण खोजिँदै

aus-swim-teamसिड्नी : अस्ट्रेलियाको ओलम्पिक कमिटीले लन्डन ओलम्पिकमा पौडी टोलीले गरेको कमजोर प्रदर्शन बारे छानबिन गरिरहेको छ । चिकित्सकीय टोलीले औषधि सेवन गर्दा जथाभाबी गरेको र शरीर कमजोर भएको ठहर गरेको छ । गएको दुई वर्षमा अस्ट्रेलियाले ओलम्पिकमा सबैभन्दा कमजोर प्रदर्शन गर्‍यो । टोलीको नेतृत्व पनि कमजोर रहेको ठहर गरिएको छ ।
एक अध्ययनले टोलीमा सहभागीसँग खेलाडीको टिम भावनाभन्दा पनि एक आपसमा रिस गर्ने प्रवृत्ती देखिएको बताइएको छ । अस्ट्रेलियन पौडीवाजले भने यो खालको कमजोर प्रदर्शन आगामी दिनमा अन्य कुनै पनि ओलम्पिकमा नहुने दावा गरेका छन् । कमजोर प्रदर्शनका थुप्रै कारण मध्ये खराब जीवन यापन नै एक भएको ठहर गरिएको छ । पौडी प्रशिक्षक नेग लुगेन्टले अझै टोलीप्रति नकरात्मक हुन नहुने र आत्मबल प्रदान गर्नुपर्ने बताएका छन् । यो टोलीले अझै राम्रो गर्न सक्ने दाबी उनको छ । (एजेन्सी)

प्रतिक्रिया