काठमाडौं : आयोजक हिम्सको ‘ए’ टिम र माउन्ट ग्लोरी छैटौँ हिम्स अन्तरविद्यालय सिनियर छात्र बास्केटबल प्रतियोगितामा सोमबार फाइनलमा प्रवेश गरेका छन् ।
जोरपाटीको नारायणटारस्थित घरेलु कोर्टमा भएको सेमिफाइनलमा हिम्सले दीपज्योतिलाई ६३–३९ ले पराजित गर्यो । हिम्सको जितमा तेन्जिन रिन्जिनले २२ अंक योगदान गरे । हिम्सले सुरुका दुई क्वार्टरमा समान १४–९ स्कोर गर्यो । तेस्रोमा हिम्स १५–१६ को झिनो अन्तरले पछि पर्यो । चौथो क्वार्टर हिम्सले २०–५ को फराकिलो अन्तरले आफ्नो नाममा लेखायो ।
प्रतिक्रिया