राष्ट्रपति चार दलको संरक्षकः अध्यक्ष थापा

Kamal-Thapaकाठमाडौं, ७ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राष्ट्रपति डा.रामवरण यादव प्रमुख चार दलको मात्रै संरक्षक रहेको आरोप लगाएका छन् ।
प्रजातन्त्र दिवसका अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा थापाले राष्ट्रपतिले आफू चार दलको संरक्षक र राष्ट्रपति भवनलाई पार्टी कार्यालयमा परिणत गरेको बताए ।
‘चार दलका शीर्ष नेताहरुको बैठक शीतल निवासमा बसिरहेको छ,’ उनले भने, ‘बैठकको संयोजकको भूमिका नेपाली जनताको साझा संस्थाको रुपमा होइन, चार दलीय सिन्डिकेडको संयोजकको भूमिका राष्ट्रपति देखिनु भएको छ ।’
उनले शीतल निवास नेपाली जनताको साझा सम्पत्ति भएको भन्दै चार दललाई सो स्थानमा बैठक गर्ने अधिकार नरहेको बताए ।

प्रतिक्रिया