आयोजक एआइए विजयी

aia-basket-ballकाठमाडौं : आयोजक अवेरनेस इन्टरनेसनल एकेडेमी (एआइए) ले तेस्रो टेन्डा एआइए इन्टरस्कुल बास्केटबल प्रतियोगिताको जुनियरतर्फ आइतबार भएको खेलमा सफलता हात पारेको छ । एआइएले जुनियर इभेन्टमा केएमसी लाई ३५–१२ को फराकिलो अन्तरले पाखा लगाएर पहिलो जित हात पारेको हो । खेलको चारवटै क्वार्टरमा एआइएका खेलाडी उत्कृष्ट खेल्दै जित दिलाउन सफल भएका हुन् । टिमलाई जित दिलाउने क्रममा एआइएका सुभाषले १५ स्कोरको योगदान दिए । जुनियरतर्फको अर्को खेलमा बेबिलोनले ज्ञाननिकेतनलाई २४–२० स्कोरले हराएको छ । बेबिलोनको जितमा विवेक बालले एक्लै १८ स्कोरको योगदान दिएका थिए ।
शंखमूलस्थित आयोजकको कोर्टमा भएको सिनियरतर्फको खेलमा एआइएले ज्ञाननिकेतनसँग कडा प्रतिस्पर्धापश्चात् ३२–३० स्कोरले हरायो । ज्ञाननिकेतनलाई जित दिलाउन मनोज प्रधानले १२ स्कोर गरेका थिए । सिनियरतर्फकै अर्को खेलमा नेरिकले ज्ञानोदयलाई २८–१६ स्कोरले पाखा लगायो । नेरिकको जितमा अंकित भण्डारीले १५ स्कोर गरे । त्यस्तै, ग्रिनफिल्ड र गोल्डेनपिकको खेलमा गोल्डेन पिक २५–१६ स्कोरले विजयी भयो । गोल्डेनपिकको जितमा भोजबहादुर कार्कीले महत्त्वपूर्ण १२ स्कोरको योगदान दिएका थिए । (सौस)

प्रतिक्रिया