टेन्डा एआईए इन्टरस्कूल बास्केटबल आज देखि

काठमाडौं : अवेरनेश इन्टरनेशनल एकेडेमी (एआईए)को आयोजनामा शनिबारदेखि नयाबानेश्वर स्थित शंखमुलमा तेस्रो टेन्डा एआईए इन्टरस्कूल बास्केटबल प्रतियोगिता हुने भएको छ ।
आयोजक एकेडेमीले शुक्रबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ । एकेडेमीका प्रिन्सिपल विष्णुप्रसाद अर्यालका अनुसार प्रतियोगितामा छात्र तर्फ सिनियर र जुनियर गरि दुई इभेन्टमा प्रतिस्पर्धा हुनेछ । सिनीयरतर्फ कक्षा नौ सम्म अध्ययनरतलाई र जुनियरमा ५ फिटभन्दा मूनीका खेलाडी सहभागि गराइने बताइएको छ । प्रतियोगितामा दुबै इभेन्टमा गरि ३२ टिम सहभागि हुने एकेडेमीका प्रबन्ध निर्देशक विमल घिमिरेले जनाए । उनले प्रतियोगितामा उपत्यकाका शीर्ष टीमहरु सहभागि हुनेछ । प्रतियोगिता ६ दिनसम्म सन्चालन हुनेछ । अघिल्लो संस्करणमा छात्रा तर्फ पनि प्रतिस्पर्धा गराइएको भएपनि यसपटक भने सिनियर छात्रको इभेन्ट समाबेश गरिएको हो । अघिल्लो संस्करणमा जुनियर छात्र तर्फको उपाधि माउन्ट ग्लोरीले हात पारेको थियो ।
प्रतियोगितामा टेन्डा प्रयोजक रहेको र अन्य सह प्रयोजकहरु समेत रहेको बताइएको छ । प्रतियोगिताका लागि ३ लाख रुपैया खर्च लाग्ने र त्यसमा नपुग रकम विद्यालयले ब्यहोर्ने प्रबन्ध निर्देशक घिमिरेले जनाए । पत्रकार सम्मेलनमा निर्देशक कृष्णप्रसाद गैरे र शैलेन्द्र कुमार झासगै साहायक प्रिन्सिपल खगेश्वर गिरी लगायतको उपस्थिति रहेको थियो । (सौस)

प्रतिक्रिया