राजेन्द्र र नीरजको अग्रता

काठमाडौं : ह:खा टोल सुधार संघ ललितपुरको आयोजनामा हर्षरत्न शाक्यस्मृति प्यापिड रेटिङ्ग चेस प्रतियोगिता शुक्रबर सुरु भयो । शुक्रबार सम्पन्न ३ चरणका खेलमा शतप्रतिशत जीतका साथ काठमाण्डौं चेस क्लबका राजेन्द्र बज्राचार्य र दमकका निरज निरौला संयुक्त अग्रस्थानमा रहेका छन । राजेन्द्रले नेपाल टेलिकमका गोबिन्द खडका, सुम्निमा स्कुलका अविरल राई र नेपाल च्याम्पियन फिडेमास्टर मनिष हमाललाई पराजित गरे । निरजले प्राध्यापक लक्ष्मणकुमार रेग्मी, कैलालीका दीर्घराज जोशी र ललितपुरका विजयमान श्रेष्ठलाई पराजित गरे ।
त्यसैगरी फिडेमास्टर विलमलाल श्रेष्ठ र सुजेन्द्रप्रसाद श्रेष्ठको साथमा गोल्डेनगेट कलेजका सुरवीर लामा, मदनकृष्ण कायस्थ, रुपेश जैसवालतथा टाइम्स कलेजका विबेक लामाको २.५ अंक छ । हेटौडा चेस क्लबका कृष्ण थापा र भेट्रान राजेन्द्रप्रसाद श्रेष्ठले पनि २.५ अंक प्राप्त गरेका छन । (सौस)

प्रतिक्रिया