विश्व कुङ्फू विजेता सम्मानित

Kungfu-toli-sammanकाठमाडौं, ४ फागुन । हङकङमा भएको दोस्रो विश्व टप कुङ्फू प्रतियोगितामा पदक जित्न सफल खेलाडीलाई नेपाल कुङ्फू संघले बिहीबार सम्मान गरेको छ । २४ राष्ट्र सहभागी उक्त प्रतियोगितामा नेपाल ६ स्वर्ण, ६ रजत र २ कांस्यका साथै उत्कृष्ट टिम चुनिएको थियो ।

माघ १२ देखि १४ गतेसम्म भएको प्रतियोगिताको पुरुषतर्फ विभिन्न स्पर्धामा सञ्जय महर्जनले २ स्वर्ण र १ रजत, हेमन्त महर्जनले १ स्वर्ण र ३ रजत, राजकुमार लामाले १ स्वर्ण, सुकमान लामाले १ रजत, जोन बूढामगरले १ रजत तथा प्रदीप श्रेष्ठ र शुभराम मुननकर्मीले १–१ कांस्य जितेका थिए । महिलामा मिङमा लामा र प्रिया गुरुङले आ–आफ्नो स्पर्धामा स्वर्ण हात पारेका थिए ।
टिम संयोजक राजेश्वरमान स्थापित, अफिसियल राजेश तामाङ, टिम प्रशिक्षक चन्द्र महर्जन र सीताराम हुमागाईं पनि सम्मानित भए । राष्ट्रिय खेलकुद परिषद्(राखेप)का सदस्य–सचिव युवराज लामा, कोषाध्यक्ष इन्द्रबहादुर थिङलगायतले सम्मानित हुनेहरूलाई टीका तथा खादा लगाई सम्मान गरेका थिए ।

प्रतिक्रिया